स्याङ्जामा बजाज मोटरसाइकलको सुविधा सम्पन्न नयाँ शोरुम

काठमाडौँ– नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले स्याङ्जामा आधुनिक एवं सुविधा सम्पन्न नयाँ शोरुम ‘अर्पण इन्टरप्राइजेज’ सञ्चालनमा ल्याएको छ।

नयाँ शोरुमले ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुर्‍याउँदै सधैं अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यलाई सार्थक बनाउन सहयोग गर्ने कम्पनीले जनाएको छ।

उक्त उद्देश्यलाई सार्थक पार्ने अर्पण इन्टरप्राइजेजका प्रोप्राइटर अरुण श्रेष्ठलाई स्याङ्जामा डिलरसीप प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का जनरल म्यानेजर योगेन गुरुङले स्याङ्जामा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न भएको तथा ग्राहकहरुको पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु आफूहरुकाे जिम्मेवारी भएको बताए।

उनले भने ‘स्याङ्जामा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन्।’

पुस २९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्