स्पेनको रसायन प्लान्टमा बिस्फोट

स्पेनको स्वायत्त राज्य क्याटालोनियामा रहेको रसायन प्लानमा बिस्फोट भएको छ । स्थानीय अधिकारीका अनुसार बिस्फोटमा कम्तिमा एकजनाको मृत्यु भएको तथा अरु ८ जना घाइते भएका छन् ।

घाइते भएका मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । बिस्फोटपछि एकजना बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तारागोनाको दक्षिणी क्षेत्रमा रहेको प्लान्टमा रसायन दुर्घटनाका कारण भीषण आगलागी समेत भएको छ । घटना लगत्तै अधिकारीहरुले स्थानीय बासिन्दालाई घर मै बस्न भनेका थिए ।

तर त्यसपछि रसायनमा विषालु सामग्री नरहेको स्पष्ट पारेका छन् । रसायन बिस्फोटपछि मंगलबार अबेर राति लागेको आगो निभाउन दर्जनौँ अग्निनियन्त्रक खटिएका थिए ।

माघ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्