देवघाटमा सुरक्षा दिन आएको प्रहरी चढेको गाडी दुर्घटना, एक जनाको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौं : माघे सगरान्तीका दिन तनहुँको देवघाटमा लाग्ने मेलाका लागि सुरक्षा दिन आएको प्रहरी चढेको गाडी दासढुंगा पारी दुर्घटना हुँदै एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

घाइतेमध्ये चार जनाको अवस्था गम्भिर रहेको छ।  प्रहरीको गाडी पोखरा फर्कँदै थियो। देवघाट मेलाको थप सुरक्षाका लागि पोखराको १ नम्बर गणबाट प्रहरी आएका थिए। दुर्घटनामा प्रहरी जवान सन्दीप केसीको मृत्यु भएको हो।

माघ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्