पूर्व सांसदसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – पूर्वाधार विकास कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सांसद, तत्कालीन एलडिओसहित ६ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।

आयोगले अग्रीसाइर कृष्णसवरण गाउँपालिका २ र ३ का सडक ग्राभेल गर्न नक्कली उपभोक्ता समिति गठन गरेर २५ लाख भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो। उनीहरुसँग बिगो बराबरको जरिवानासमेत माग गरिएको छ।

पूर्वसांसद विश्वनाथप्रसाद यादव, तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डल, पूर्वाधार विकास कार्यालय सिरहाका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइत, नायव सुब्बा भागवत यादव, विरेन्द्रकुमार मण्डल र कृष्णकुमार यादवविरुद्ध मुद्दा दर्ता गरिएको हो।

आयोगको अनुसन्धानबाट मिलोमतोमा नक्कली उपभोक्ता समिति बनाइ कामै नगरी रकम भुक्तानी गरेको पाइएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

त्यस्तै तीनै व्यक्तिहरुले सप्तरीको राजगढ गाउँपालिकास्थित मुतनी नदी सिंचाई आयोजनाको कार्य गर्न गठित उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको फोटोकपी सच्याएको आयोगको दाबी छ।

माघ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू