प्रहरी बनेर मोटरसाइकल चोरी

फाइल फोटो

नेपालगञ्‍ज-कोहलपुरमा प्रहरी हुँ भनेर मोटरसाइकल चोरी हुन थालेको छ।

सादा पोशाकको प्रहरी हुँ भनेर मोटरसाइकलको कागजपत्र माग्ने र छैन भन्नेको मोटरसाइकल भोली इलाका प्रहरी कार्यालयमा लिन आउनु भन्दै लिएर जाने गरिएको छ।

एउटा मोटरसाइकल र एउटा स्कुटी यसरी चोरी गरिएपछि इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ।

कोहलपुर मेडिकल कलेज अगाडितिर उभिरहेका डाक्टरको मोटरसाइकलको कागजपत्र मागेका चोरले भोली इप्रकामा मोटरसाइकल लिन आउनु भन्दै लगेर गएका थिए। त्यस्तै एउटा स्कुटी पनि त्यसरी नै लगेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ।

कोहलपुरका प्रहरी निरीक्षक रणबहादुर विष्टले प्रहरी हुँ भन्दै चेकजाँचका नाममा मोटरसाइकल रोकेर जबरजस्ती लिएर जाने गरेको खबर आएको बताए। कोहलपुर प्रहरीले जाँच गर्ने व्यक्ति प्रहरी भए नभएको यकिन गर्न सार्वजनिक रुपमा सूचित गरेको छ।

प्रहरी निरीक्षक विष्टका अनुसार, चोरी भएका मोटरसाइकल र स्कुटीको खोजी भइरहेको छ।

माघ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू