काठमाडौंका थप ६ चोकमा ट्राफिक लाइट विस्तार

फाइल तस्बिर।

काठमाडौं : राजधानीका थप ६ मुख्य चोकमा ट्राफिक लाइट विस्तार गरिएको छ। काठमाडौं सडक डिभिजनका अनुसार कालीमाटी, मित्रपार्क, गौशाला, पुरानो वानेश्वर, सिंहदरबार, पद्मोदय चोकमा ट्राफिक लाइट सन्चालनमा ल्याइएको छ।

यसअघि नयाँ बानेश्वर र महाराजगन्जमा मात्र ट्राफिक लाइट सञ्चालनमा रहेको थियो। राजधानीका कोटेश्वरसहित केही स्थानमा ट्राफिक लाइटका पूर्वाधार भएपनि मर्मत नहुँदा सञ्चालनमा आउन सकेका छैनन्। यी ट्राफिक लाइट नेपाली इन्जिनियरले नै बनाएका हुन्।

विभागले राजधानीका सडकमा ट्राफिक लाइट जोड्न एक वर्षअघि नै ठेक्का खुलाएको थियो।

माघ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्