बहसमा थारु सम्बत

माघी: नयाँ वर्ष, पहिचान, थारु सम्वत र आत्मसम्मान

मानिसहरुले प्राय धेरै सुनेको संवतहरु विक्रम स‌ंवत, नेपाल संवत र अंग्रेजी सम्वत अर्थात इसा सम्वत। यी सम्वतहरु नै प्राय हामी नेपालीहरुको मुखमा हरबखत याद हुन्छ। तर के थारु सम्वत पनि छ र ? भन्दा अचम्‍म लाग्‍न लाग्छ।  तर अचम्म नमान्‍नुस्,  थारुहरुको पहिलादेखि नै आफ्नै सम्वत थियो। उनीहरुले आफ्नो सम्वतलाई प्राय चलनमा लख्दैनथे, लेखोटमा राख्दैनथे। खाली मुखैले काम चलाउँदै आएका थिए। तर समयको परिवर्तनसँगै यो एक, दुई हुँदै हराउन थाल्यो पछिसम्‍म।

थारू सम्वत कुनै पनि समयमा भए गरेका कार्यहरुको अभिलेख राख्‍ने माध्यम मात्र नभएर यो एक हिसाबले बुद्ध दर्शन लाई अंगीकार गर्ने सम्पूर्ण मानव जगको जीवन पद्धति (ह्‍युमन लाइफ) हो थारू सम्वत ! यो सबै जातजाती भाषा धर्म र संस्कृति लाई समान आँखाले हेर्ने सामाजिक सद्भाव र सह-अस्तित्वको दर्शन बाट प्रेरित सभ्यताको उपज हो ! यसले कसैलाई पनि काखा र पाखा गर्दैन, कसैप्रति पनि भेदभाव, रिस, ईर्ष्या र द्वेग राख्दैन।

सम्पूर्ण मानव सभ्यताको सम्बाहक बुद्ध दर्शनको परिपूक नै थारू सम्वत हो त्यसकारण यसलाई हरेक माघ महिनाको एक गते मात्रा मनाएर हुँदैन, शान्ति, निष्ठा, सत्यता, आदर्श, अहिंसा, सदाचारिता लगायत पञ्‍चशील र अष्टशील नै थारू सम्वतका सैद्धान्तिक आधारहरू हुन।

मानव सभ्यता तथा विकास क्रममा समयको निकै ठूलो महत्व रहेको हुन्छ। जसलाई इतिहासले हरेक कुराको समय सापेक्ष विश्लेषण गर्दछ। इतिहासले हरेक समय, घटनालाई लेखाजोखा गरी मानव सभ्यताको निमार्णमा, त्यसले पारेको असर एवं प्रभावबारे विश्लेषण एवंम मूल्याङ्कन गर्दछ।

इतिहास निर्माणकोक्रममा समयको गणना सम्बन्धी अभिलेखीकरणलाई उचित रुपमा निर्धारण गर्नु पनि एउटा महत्वपूर्ण पाटो हुन आउँछ। उदाहरणका लागि कुनै पनि घटनाक्रमलाई जानकारी गराउनका लागि कति पुरानो या कति नयाँ भन्‍ने कुरा आउँदछ। यसलाई व्‍यवहारमा लागू गर्ने क्रममा आज विश्वमा विभिन्‍न किसिमका समय सूचक परिपाटीहरु चलन चल्तीमा आइरहेका छन्।

आजभन्दा २०१६ वर्ष पहिले जन्मेका जिससक्राइष्टको जन्मलाई उद्गमविन्दु मानेर यस अंग्रेजी पात्रोको सुरुवात गरिएको हो। यस अनुसार जिससक्राइष्ट जन्मनुभन्दा पहिलेको समयलाई विफोर क्राइष्ट अर्थात भगवान जिसस जन्मनुभन्दा पहिलेको समय भनिन्छ।

ईशापूर्व ४०-४६ तिर रोमन सम्राट जुलियस सिजरले आफ्नै नामको जुलियन क्यालन्डरको सुरुवात गरे। जुलियन क्यालण्डर अनुसार सूर्यमा आधारित दिन, महिना, वर्षको गणना चलनमा आयो । पछि १५५२ तिर रोमन पोपले यसलाई सच्याएर आफ्नै ग्रीगरी नामबाट ग्रीगरियन क्यालेन्डर चलन चल्तीमा ल्याए, जसको केन्द्रविन्दु क्रिश्चियनका भगवान जिससक्राइष्टको जन्म परिधिलाई माने।

आज विश्वका सबै क्रिश्चियन लगायत अमेरिका, यूरोप, अष्ट्रेलिया, जापान, नेपालमा पनि यही अंग्रेजी पात्रोलाई कामकाजको लागि प्रयोगमा ल्याइन्छ । आजभन्दा २०१६ वर्ष पहिले जन्मेका जिससक्राइष्टको जन्मलाई उद्गमविन्दु मानेर यस अंग्रेजी पात्रोको सुरुवात गरिएको हो।

यस अनुसार जिसस क्राइष्ट जन्मनुभन्दा पहिलेको समयलाई विफोर क्राइष्ट अर्थात भगवान जिसस जन्मनुभन्दा पहिलेको समय भनिन्छ । जिसस जन्मेपछिको समयलाई अन्नो डोमिनी भनिन्छ । आज विश्वमा यसलाई इश्वीसम्वतको रुपमा चिनिन्छ र हरेक वर्षको जनवरी १ लाई नयाँवर्षको रुपमा मनाउने गरिन्छ।

त्यस्तै भारतका राजा विक्रमाद्वितीत्यले सञ्‍चालनमा ल्याएको विक्रम सम्वत नेपालमा करिब १८२३ देखि चलनचल्तीमा आएको हो। नेपालका राणा शासकहरुले १९५८ देखि कार्यालय प्रयोजनको लागि सरकारी मान्यता प्रदान गरे । हामीले विक्रम सम्वतलाई हिन्दु सम्वतको रुपमा पनि चिन्दछौँ।

त्यसैगरी नेपालमा प्राचीनकालदेखि चलनचल्तीमा रहेका अन्य सम्वतहरु मध्य लिच्छवी सम्वत, किराँत सम्वत, थारु सम्वत र नेपालसम्वत रहेका छन्। यी विभिन्‍न सम्वतहरु मध्ये यहाँ नेपाल सम्वत र थारु सम्वतको बारेमा केही जानकारी गराइन्छ।

नेपाल सम्वत


प्राचीन नेपालमा आवश्यकता अनुसार शक सम्वत प्रचलनमा रहेको पाइन्छ। यस सम्वतलाई सबैभन्दा पुरानो सम्वत पनि मानिन्छ । यो सम्वत वर्तमान काठमाडौं उपत्यका तत्कालिन बाइसे, चौविसे राज्यहरु लगायत अन्य राज्यहरुमा पनि प्रचलनमा रहेको पाइन्छ।

काठमान्डौ उपत्यकामा शक सम्वत तत्कालिन नेवारीराजा राघव देवको पालामा समाजसेवी शंखधर शाख्वाको अनुरोधमा ईश्वीसम्वत ८८० तिरबाट संचालनमा आएको थियो । काठमान्डौ उपत्यकामा विक्रमसम्वत ९३६ तिर वा ईश्वीसम्वत ८७९ तिर शक सम्वत ८०१ आइपुग्यो।

त्यसबेलामा नेवारी परम्पराअनुसार ८ लाई अशुभ अंक मानिन्थ्यो । त्यसैले त्यसबेलामा उपत्यकाका शासकवर्ग र जनतालाई ९८ वर्ष (८०१, ८०८, ८८०, ८८८, ८९८) सम्म जुन वर्षमा ८ आउँथ्यो ती वर्ष ८ अंकले सताउनु स्वभाविकै थियो।

फलस्वरुप तत्कालिन राजा राघबदेवले उपलब्ध विधानको सुझावअनुसार ८ को अशुभ अंकबाट छुट्कारा पाउन शक सम्वतको ८०१ वा ८०२ बाट अगाडिको ८० कट्ठीगरी कार्तिकशुक्ल प्रतिपदाको दिनदेखि “नेपाल सम्वत १” प्रारम्भ गराएको देखिन्छ।

विक्रमसम्वत २०६४ साल कार्तिक २४ गते प्रतिपदाको दिनभन्दा पहिले नेपाल सम्वतलाई सरकारले मान्यता दिएको थिएन। खाली नेवार समुदायले मात्र आफ्नो साँस्कृतिक नयाँ वर्षकोरुपमा मनाउने गर्दथे।

आफ्नो साँस्कृतिक पात्रोहरुमा मात्र प्रयोग गर्दथे तर विभिन्न पत्र पत्रिकाहरुमा प्रकाशन तथा नेवार समुदायको सक्रिय अनुरोधका बाबजुत नेपाल सरकारले नेपालसम्वतलाई सरकारी मान्यता प्रदान गरयो !

नेपाल सम्वत यसरी नै यति समयमा प्रारम्भ भयो भन्ने कुराको यकिन नभए तापनि किलहर्नकाअनुसार नेपाल सम्वतको प्रारम्भ सन् ८७९ या ८८० को अक्टोवर २० तारिखदेखि प्रारम्भ भएको अनुमान छ।

त्यसबेला काठमान्डौ, ललितपुर राज्यअन्तर्गत शोसित भएकोबेला शंखधर शाख्वाको अनुरोधमा चलाएको सम्वत भएकोले नेपाल सम्वतलाई शंखधरकृत नेपालसम्वत पनि भनेर चिनिन्छ ।

यो माघ (नयाँ वर्ष) हाम्रो कतिऔँ थारू सम्वत हो ?


थारु सम्वत

जसरी नेपालसम्वतको सुरुवात भएको हो, त्यसरी नै थारुसम्वतको पनि सुरुवात भइसकेको छ । तर नेपाल सरकारबाट मान्यता पाउन अझैँ बाँकी छ।

थारु सम्वतको बारेमा त धेरै पहिलेनै सोचआएको हो, जुनबेला हामी बाल्यकालमा साँस्कृतिकरुपमा नयाँवर्षको रुपमा माघ पर्वलाई मान्ने गर्दथ्यौँ। तर जब हामी नयाँवर्षको अर्थ बुझ्न सक्ने भायौँ त्यसबेला मनमा एउटा कुरा खट्किन थाल्यो । कि यो माघ (नयाँ वर्ष) हाम्रो कतिऔँ हो?

थारु नयाँवर्ष अर्थात थारुसम्वत हो त ? तर त्यसबेला हामीमा अध्ययन अनुसन्धान गर्ने दक्षताको अभावकाकारण समयलाई त कुर्नै पर्‍यो । समयको गतिसँगै हामी यस कुराको अध्ययनमा तल्लिन रह्यौँ।

जब हामी उच्चशिक्षा प्राप्त गर्न सफल भयौँ र लामो समयको अध्ययनअनुसन्धान पश्चात हाम्रा बुज्रुकहरुसँगको सल्लाहअनुसार तीन, चार गाउँका साथीभाइहरु (नारायणपु –८ बुधौरा, नारायणपुर –९ बुटनियाँ र जलौरा) मिलेर यस कुरामा अझैँ गहन अध्ययन र अनुसन्धान गर्ने निर्णय गरियो।

त्यसबखत हामीले अर्को एउटा कामको थालनी गरयौँ, जो विना दर्ता “लौव पैला” नामक थारुभाषाको पत्रिका प्रकाशन गर्न थालियो । केही वर्षसम्म विनादर्ता नैे “लौव पैला” नामक मासिक पत्रिका प्रकाशनमा आयो।

केही वर्षपश्चात विक्रमसम्वत २०६० साल ११ महिना १ गतेका दिन यो पत्रिकालाई काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहल काठमान्डौँले दर्ता गरयो। त्यस पश्चात तीनवर्षको समय अबधिमा नै अथक अध्ययन र अनुसन्धानपछि सदियौँदेखि नयाँ वर्षको रुपमा मनाउँदै आएको माघ पर्वलाई सर्वप्रथम २६३० भनेर स्थापित गरियो।

धेरै वर्षको अथक मेहनत र प्रयासपछि वि.सं. २०६४ भाद्र २२ तदअनुसार सन २००७ सेप्टेम्वर ८ तारखिमा दाङ घोराहीमा पत्रकार सम्मेलन गरी थारुसम्वतको घोषणा गरियो । साथै यसबारेमा विभिन्न पत्रपत्रिकाहरुमा पनि जानकारी गराई प्रकाशनका लागि आह्वान गरियो।

जसमा थारु सम्वत निर्माणको प्रमुख आधारको रुपमा शान्तिका अग्रदूत थारुहरुको नश्ल भगवान बुद्धको जन्म मितिलाई मानियो भने यसको पृष्ठ भूमिका रुपमा विक्रम सम्वत, ईश्वी सम्वत, नेपाल सम्वत जस्ता समय रेखाङ्कहरुलाई पनि सन्दर्भ तथ्याङ्कका रुपमा लिइएका लिइयो।

थारु सम्वत घोषणाको निर्णय अनुसार थारु सम्वत र विक्रम सम्वतमा मात्र वर्ष र महिनाको अंक गणितीय भिन्‍नता छ । तर गते, दिन र बार उही भए तापनि भाषिक भिन्नता थारु सम्वतको थप विशेषता अर्थात पहिचान हुन जान्छ।

यहाँ एउटा प्रश्न आउँछ कि २६३०, २६३१, एवंरुपले हाल २६४१ कसरी हुन्छ त ? यहाँ भगवान बुद्धको जन्म मिति ६२३ वि.सि. मे महिनाको १२ या १३ तारिख अर्थात वैशाख पूर्णिमाको दिन पर्न जान्छ। त्यस हिसाबले भगवान बुद्धको जन्ममिति देखि अहिलेसम्मको जम्मा वर्ष २६३०भदौ १२ अर्थात सन् २००७ मे १२ मा थारुसम्वत २६३० हुन गयो।

तर थारुहरुको नयाँ वर्ष त माघ महिनाको १ गते हुने गर्दछ त्यसैले यसलाई थारु सम्वतमा मिलाउनुपर्दा बढि भएको समय माघ १ देखि वैशाख २९ सम्म करिब तीन महिना २७ दिन घटाउनु पर्ने हुन्छ।

अतः २६३० वैशाख १५ अर्थात् थारुसम्वत २६३० साल सन् २००७ को १५ तारिख भयो। संयोगवश यसैदिन थारुहरुको विशेष चाड एवं नयाँवर्ष माघी पर्व पर्न जान्छ । यस हिसाबले सन् २००७ साल जनवरी १५ तारिखका दिन वास्तविक थारु सम्वत २६३० माघ १ गते पर्न जान्छ।

तसर्थ जनवरी १५ भन्नु र माघ १ भन्नुमा कुनै अन्तर छैन। त्यसैले यस हिसाब बाट सन २००७ जनवरी १५ का दिन विक्रमसम्वत २०६३ माघ १ गते र थारुसम्वत २६३० माघ १ गते भन्नु गणनाको हिसाबले खासै अन्तर छैन। तर पनि थारु सम्वत हाम्रो थारु संस्कृति अनुसार निकै महत्व बोकेको हुन्छ।

यसले सम्पूर्ण थारु जातिको पहिचान उजागर गराउँछ। थारुहरुबीच एकताको भावना जगाउँछ। हामीलाई आत्मसम्मानको अनुभूति दिलाउँछ । त्यसैले थारु सम्वत हाम्रो लागि निकै ठूलो उपलब्धी हो।

थारु सम्वत घोषणाको निर्णयअनुसार थारु सम्वत र विक्रम सम्वतमा मात्र वर्ष र महिनाको अंकगणितीय भिन्‍नता छ । तर गते, दिन र बार उही भए तापनि भाषिक भिन्नता थारु सम्वतको थप विशेषता अर्थात पहिचान हुन जान्छ।

उदाहरणका लागि विक्रमसम्वत २०६५ असोज ३० गते शुक्रबारको दिन थारुसम्वत २६३१ कुवाँर ३० शुक्रबार नै रहन्छ भने २०६५ माघ १ गते थारुसम्वत २६३२ सुरु हुनजान्छ। एवंप्रकारले २०७३ पौष मसान्त सम्म थारू सम्वत २६३९ हुन्छ भने , २०७३ माघ १ गते थारू सम्वत २६४० हुन जान्छ।

अर्थात बिक्रम संम्वत २०७३ सालमै थारू संम्वत २६३९ र २६४० दुवै पर्न जान्छ। किनकि थारुहरुको नयाँवर्ष माघ १ मा सुरु भए तापनि विक्रमसम्वत अनुसार नयाँ वर्ष वैशाखमा मात्र सुरु हुन्छ। त्यसकारण अब आउने २०७३ सालको माघ १ गते थारुहरुको महान चाड माघी, माघ, खिचरा, तिला संक्राइत आदि पर्वका साथै थारु सम्वत अनुसार नयाँ वर्षको पनि सुरुवात हुन जान्छ।

एवम् प्रकारले २०७३ पौष मसान्त सम्म थारू सम्वत २६३९ हुन्छ भने , २०७३ माघ १ गते थारू सम्वत २६४० हुन जान्छ । तेसैगरी बिक्रम संम्वत २०७४ माघ १ गते थारू संम्वत २६४१ हुनछ, २०७५ साल माघ १ गते थारू सम्वत् २६४२ हुँनछः २०७६ साल माघ १ गते थारू सम्वत् २६४३ हुँन गईरहेको छः

थारू सम्बत २६४३ कसरी हुन्छ ?


थारू समाज, थारू संस्कृति मन पराउने सम्पूर्ण महानुभावहरूलाई अनुरोध छः अब आउने माघ १ गते थारू नया वर्ष २६४४ नभएर २६४३ हो, बाइ मिस्टेक २६४४ हुन गएकोमा क्षमाप्रार्थी छौं, २६४३ कसरी हुन्छ त्यसको निचोड सारांश मा यहाँ राखिएको छ !

लौव बरष थारु सम्वत २६४१ के हार्दिक मंगलमय शुभकामना
६२३-०५-१२
± २००७-०५- १२
२६३०-०५-१२
अर्थात सन् २००७ मे १२ मा थारु सम्वत २६३० हुन गयो , तर थारुहरुको नयाँ वर्ष त माघ महिनाको १ गते हुनेगर्दछ त्यसैले यसलाई थारु सम्वतमा मिलाउनुपर्दा बढिभएको समय माघ १ देखि वैशाख २९ सम्म करिब तीन महिना २७ दिन घटाउनुपर्ने हुन्छ। अतः
२६३०-०५- १२
-०-०३-२७
२६३०- ०१-१५
अर्थात थारु सम्वत २६३० साल सन् २००७ को १५ तारिख भयो संयोगवश यसै दिन थारुहरुको विशेष चाड एवं नयाँ वर्ष माघी पर्व पर्न जान्छ। यस हिसाबले सन् २००७ साल जनवरी १५ तारिखका दिन वास्तविक थारु सम्वत २६३० माघ १ गते पर्न जान्छ। तसर्थ जनवरी १५ भन्नु र माघ १ भन्नुमा कुनै अन्तर छैन। त्यसैले यस हिसाब बाट सन २००७ जनवरी १५ का दिन विक्रम सम्वत २०६३ माघ १ गते र थारु सम्वत २६३० माघ १ गते भन्नु गणनाको हिसाबले खासै अन्तर छैन।

त्यसैले,

६२३+ २००७ बराबर २६३०। अहिले २०१७ चलिरहेको छ । ७ मा १० जोड्दा २०१७ हुन्छ । ३० मा १० जोड्दा ४० हुन्छ । बिं स‌ २०६३ मा १० जोड्दा २०७३ हुन्छ। त्यसैगरी २०१७ मा ६२३ जोड्दा २६४० हुन्छ । त्यसैले अहिले थारु सम्बत २६४० हो ।

एवम् प्रकारले २०७२ माघ १ गते थारू सम्वत २६३९ हुन्छ भने , २०७३ माघ १ गते थारू सम्वत २६४० हुन जान्छ । तेसैगरी बिक्रम संम्वत २०७४ माघ १ गते थारू संम्वत २६४१ हुन्छ। २०७५ माघ १ गते थारू संम्वत २६४२ हुनछ र बिक्रम सम्बत २०७६ माघ १ गते थारू संम्वत २६४३ हुन्छ !

(अनुसन्धानकर्ता कनैलाल चौधरी (पीएचडी) जोशाई इन्टरनेशनल यूनभरसिटी, जापान)

माघ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्