सुर्खेत जान्छु भनेर काेहलपुरबाट हिँडेका वडाध्यक्ष भारतको होटलमा मृत फेला

साङ्केतिक तस्बिर

नेपालगञ्ज – कोहलपुर नगरपालिका वडा नं. १२ का वडाध्यक्ष कृष्णबहादुर खड्का भारतको एक होटलमा मृत फेला परेका छन्।

भारत बहराइचको शंकर होटलबाट घरपरिवारका सदस्यलाई खड्का मृत फेला परेको खबर आएको हो।

मंगलबार घरबाट सुर्खेत जान्छु भनेर हिडेका वडाध्यक्ष खड्का सम्पर्कविहीन थिए। बहराइचको शंकर होटलबाट खड्काको घरपरिवारलाई खड्काको मृत्यु भएको खबर आएपछि घरपरिवारका सदस्य बहराइच गएका छन्। उनीहरु फर्किसकेका छैनन्।

बाँके प्रहरीले घटनाका बारेमा खबर आए पनि बहराइच गएका मान्छे फर्केर नआएकाले यकिन भन्न नसकिने जनाएको छ।

मंगलबार सुर्खेत जान्छु भनेर हिँडेका खड्का कसरी बहराइच पुगे भन्ने अनुसन्धानको विषय बनेको प्रहरीको भनाइ छ।

खड्काले केही दिनका लागि सुर्खेत मेहलकुना जाने भन्दै वडा सदस्यलाई कार्यवाहक दिएर गएका थिए।

माघ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्