बालुवाटार जग्गा प्रकरणमा मुछिएका शाेभाकान्त ढकालको घरमा विष्फोट

सांकेतिक तस्बिर

काठमाडौँ– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विष्फोट भएको छ।

बुधबार साँझ काठमाडौँको नागार्जुन –१ नर्सरी चोकस्थित ढकालको घरमा बम विष्फोट भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विष्फोटबाट कुनै मानिवीय क्षति भने भएको छैन।

विष्फोट कसले र किन गर्‍यो भन्ने खुलेको छैन। यद्यपि विष्फाेटमा विप्लव समूहकाे संलग्नता रहेकाे प्रहरीकाे आशंका छ।

विष्फोटबाट ढकालको घरको झ्यालका सिसा फुटकाे र पार्किङ गरी राखिएको कारमा समेत क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।

माघ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्