विप्लव समूहले लियाे विष्फाेटकाे जिम्मा

काठमाडौँ– बुधबार साँझ बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा भएकाे बम विष्फोटकाे जिम्मा विप्लव समूहले लिएकाे छ।

प्रहरीका अनुसार नागार्जुन –१ नर्सरी चोकमा रहेको ढकालको विष्फोट भएको हो। विष्फोटबाट कुनै मानिवीय क्षति भने भएको छैन।

विष्फोटबाट ढकालको घरको झ्यालका सिसा फेटका र पार्किङगरी राखिएको कारमा समेत क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।

विष्फोट भएको स्थानमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पर्चा भेटिएका छन्। पर्चामा  ‘वालुवाटारस्थित ललिता निवास परिसरको करिब ११५ रोपनी सरकारी (राष्ट्रिय) जमिन व्यक्तिको नाममा दर्ता गर्ने र बेच्चे प्रपञ्चको मुख्य योजनाकार भएकोले’ ढकालको घरमा सेवोटेज गरेको उल्लेख छ।

माघ १, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्