अमेरिका र चीनबिच व्यापार सम्झौता, व्यापार युद्ध कम गर्ने प्रयास

अमेरिका र चीनले जारी रहेको ‘व्यापार युद्ध’ अन्त्य गर्ने प्रयास स्वरुप सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सन् २०१८ देखि अमेरिका र चीनबिच जारी व्यापार युद्धका कारण विश्व बजार प्रभावित भएको छ भने विश्वव्यापी रुपमै अर्थतन्त्रमा नकारात्मक असर परेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ प्रतिनिधि लिउ हीले ह्वाइट हाउसमा संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौता बारे जानकारी दिएका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौता अमेरिकी अर्थतन्त्रका लागि परिवर्तनकारी रहेको बताएका छन् । यस्तै चिनियाँ नेताले सम्झौतालाई दुवै पक्षको जितका रुपमा परिभाषित गरेका छन् । यसले अमेरिका र चीनबिचको सम्झौतामा रहँदै आएको कटुता कम गर्न सहयोग गर्ने उनले बताए ।

चीनले २०० बिलियन डलर बराबरको अमेरिकी सामानको आयात गर्ने भएको छ । यो सन् २०१७ को भन्दा बढी हो । यसको प्रतिफलमा अमेरिकाले चिनियाँ सामानमाथि लगाएका पछिल्ला अतिरिक्त आयात शुल्क हटाउने भएको छ । तर पनि सामान आयात गर्दा लाग्ने अधिकांश सीमा शुल्क भने कायमै रहेको छ ।

माघ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्