वीरगञ्‍जबाट ५ लाख १७ हजार रुपैयासहित भारतीय पक्राउ

पर्सा- बिरगञ्जबाट ५ लाख १७ हजार अबैध भारतीय रुपैयासहित एक भारतीय पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत जिल्ला पुर्वी चम्पारण थाना कोटवा ६ बस्ने २९ बर्षिय सचिन भास्कार रहेका छन्।

भास्करलाई सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्नेक्रममा अबैध भारतीय रुपैया ५ लाख १७ हजार ४ सय सहित पक्राउ गरेको हो।

झोला भित्र लुकाई भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा भास्कारलाई बिरगञ्ज १६ रजतजयन्ती चोकबाट प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका उनको साथबाट भारतीय नोट ५ सय दरका एक हजार चार थान,दुई सय दरका ५३ थान र एक सय दरका ४८ थान अबैध भारतीय नोट बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेका उनलाई रकमसहित आवशयक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ।

माघ २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू