खानेपानी उपलब्ध गराउन जनप्रतिनिधि धर्नामा

विराटनगर – धारामा खानेपानी उपलब्ध गराउन नसकेको भन्दै खानेपानी संस्थान धरानविरुद्ध धरान उपमहानगरपालिका वडा नम्बर ९ का स्थानीय आक्रोशित भएका छन्।

धरान उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रत्नबहादुर कट्वालको नेतृत्वमा उक हप्तादेखि खानेपानी संस्थानविरुद्ध खानेपानी समस्या समाधानको लागि आन्दोलन चलिरहेको छ ।

आन्दोलनका क्रममा संस्थानका प्रमुख इन्जिनीयर रामकुमार श्रेष्ठ विरुद्ध नाराबाजी भएको थियो । उनीहरुले समस्या समाधानमा श्रेष्ठ बाधक बन्दै गएको आरोप लगाएका छन् ।

संस्थान नै घेररे चर्को नाराबाजी लगाउदाँ समेत संस्थानका प्रमुख श्रेष्ठले कुनै पहल गर्न नसकेको जनाउँदै जनप्रतिनिधिहरु बिहीबारदेखि धरान १३ स्थित संस्थानको शाखा कार्यालयको गेटमै धर्नामा बसेका छन्।

स्थानीय शिवकुमार राईले भने, ‘पौष माघ महिनामा पानीको हाहाकार हुने समय होइन, तर यो परिस्थिति किन आइरहेको छ। सम्बन्धित निकाय मौन भइदिँदा हामी जनता बाध्य भएर गाग्रो बजाउन लागेका हौ।’

माघ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्