सभामुख पूर्व माओवादीबाटै, ओली लचक

फाइल फोटो।

काठमाडौँ – प्रतिनिधिसभाको सभामुख पूर्व माओवादी खेमाबाटै चयन गर्ने विषयमा प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष लचिलो बनेका छन् ।

शुक्रबार बिहान अर्का अध्यक्ष प्रचण्डसँग बालुवाटारमा भएको छलफलमा पूर्व माओवादी खेमालाई सभामुख दिन ओली लचक बनेको सचिवालयका एक सदस्यले बताए ।

ओली र दाहालबीच सभामुख चयनबारे शुक्रबार बिहानै बालुवाटारमा छलफल भएको थियो । सभामुख चयनबारे आज या भोलिसम्म नतिजा आउने देखिएको ती सदस्यले बताए ।

‘सकेसम्म आजै सहमति गर्ने र भोलि सचिवालय बैठकबाट त्यो अनुमोदन गर्ने योजना बनेको छ’, ती सदस्यले भने । नेकपाको पूर्व माओवादी खेमाबाट सभामुखका लागि अग्नि सापकोटा, पम्फा भुषाल, देव गुरुङ, हरिबोल गजुरेल लगायतका नेताको नाम चर्चामा छ ।

माघ ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्