जाडोको तरकारी व्यापार (फोटो फिचर)

काठमाडौँ – दुई दिनसम्म लगातार बदली तथा वर्षा भएको काठमाडौँमा शनिबारदेखि मौसम बिस्तारै खुल्दै गएको छ । अझै पनि आंशिकदेखि सामान्य बदली भने छ ।

तर पानी पर्न भने रोकिएको छ । चिसो मौसममा पानी परेपछि थप जाडो महसुस भए पनि दैनिक उपभाग्य सामग्रीको व्यापार गर्नेहरु भने बिहानैदेखि शहरका गल्लीहरुमा निस्कन्छन् ।

यस्तै मध्येमा पर्छन् तरकारी व्यापारीहरु । ठेलामा तरकारी बेच्ने तथा तरकारीका खुद्रा तरकारी व्यापारीहरु शनिबार बिहानै ताजा तरकारीसहित व्यापारमा निस्किएका देखिन्थे । यस्तै उपभोक्ताहरु पनि काउली, साग, बन्दा, मुलासहितका मौसमी तरकारी किन्नमा व्यस्त थिए।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले काठमाडौँका विभिन्न गल्लीहरुमा जाडोको बिहानमा भइरहेको तरकारी व्यापारका दृश्यहरु केही तस्बिरमा समेटेकी छन् ।

 

माघ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू