सिटिजन्स बैंकद्वारा न्यानो कपडा वितरण

काठमाडौँ–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चिसोका कारण जनजीवन प्रभावित हुँदै गएपछि सिरहा जिल्लाको भवानीपुर गाउँपालिकाको ठाडी टोल, नहरा टोल र लक्ष्मीपुर पटारी गाउँपालिकाका विपन्न व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ ।

न्यानो कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका विपन्न तथा सिमान्तकृत व्यक्तिहरुलाई सानो पाईला नामक गैर सहकारी संस्थासँगको सहकार्यमा १५० थान कम्बल वितरण गरेको हो ।

शीतलहर र चिसोका कारण प्रत्येक वर्ष तराईमा स्थानीयले कठ्याङ्ग्रिएर अकालमै ज्यानगुमाउने अवस्थाको अन्त्य गर्न यो कार्यक्रम संचालन गरिएको बैंकले जनाएको छ।

ंयस्तै निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक लगायतका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकले जानकारी दिएको छ ।

बैंकले ८५ वटा शाखा, ८६ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

माघ ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्