थोराङ पास गर्न गएका चार चिनियाँ पर्यटक सम्पर्कविहीन

पोखरा– मनाङस्थित थोराङ पासका लागि गएका चार चिनियाँ पर्यटक सम्पर्क विहीन भएका छन्।
बिहीबारदेखि परेको हिमपातका कारण पर्यटक सम्पर्कमा आउन नसकेका हुन्।
मनाङ निस्याङ गाउँपालिका ९ स्थित अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मा पुस २७ गते अनुमति लिएका उनीहरु हालसम्म थोराङ पास नभएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।
पर्यटक सम्पर्कमा नआएपछि शनिबार प्रहरी चौकी हुन्देलाई एक्यापले जानकारी दिएको छ। एसपी रेग्मीका अनुसार हराइरहेका चार चिनियाँमध्ये २ महिला र २ पुरुष छन्।
उद्वारका लागि प्रहरी त्यसतर्फ खटिएको एसपी रेग्मीले जानकारी दिए। अन्नपूर्ण र माछापुच्छ्रे आधार शिविरबाट अहिलेसम्म डेढ सय जनाको उद्धार गरिएको छ भने केही अझै बेपत्ता छन्।
सम्पर्क विहीन चिनियाँ पर्यटकको विवरण:
नाम Huang Yiwin (महिला) पासपोर्ट नम्बर ११२९२६२
नाम: Cat siau ting (महिला) पासपोर्ट नम्बर ५२५६४८०
नाम Ma qianli (पुरुष) पासपोर्ट नम्बर ३४६७१०
नाम And jhad (पुरुष) पासपोर्ट नम्बर ६६८७०००५