सभामुखबारे छलफल गर्न प्रचण्ड बालुवाटार छिरे, आउला त शिवमायाको राजीनामा?

फाइल फोटो

काठमाडौँ – नयाँ सभामुख चयनका लागि छलफल गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार छिरेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग छलफलका लागि प्रचण्ड बालुवाटार पुगेका हुन् ।

दुई अध्यक्षबीच सभामुख चयनका लागि दिनहुँजसो छलफल भइरहे पनि टुंगो लागिसकेको छैन । प्रतिनिधिसभाको बैठक भोलि (माघ ६) गतेका लागि बोलाइएको छ ।

सोमबारसम्म उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएर मार्गप्रशस्त गर्ने विश्वास नेकपा नेतृत्वमा छ । तर शिवमायाले हालसम्म राजीनामा दिएकी छैनन् ।

पार्टीभित्रको पूर्व माओवादी खेमालाई सभामुख पद दिन प्रधानमन्त्री ओली लचक बनेको समाचार बाहिर आएको थियो । नेपाली कांग्रेसले सभामुख चयनको विषयमा ढिलाइ गरेर संसदलाई बन्धक नबनाउन नेकपालाई चेतावनी दिएको छ ।

ओली र दाहालबीच आइतबार हुने छलफलले सभामुखबारे निकास निकाल्ने अनुमान गरिएको छ । तर उपसभामुख शिवमाया तुम्वाहाम्फेले आफूलाई नै सभामुख बनाउनुपर्ने अडान लिँदै राजीनामा दिन नमानेपछि अन्यौल सिर्जना भएको छ ।

माघ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्