आस्था राउतलाई पक्राउ गर्ने बाटो खुल्यो

तस्बिर: गायिका आस्था राउतकाे फेसबुकबाट

काठमाडौँ – गायिका आस्था राउतले डिउटीमा रहेका बेला आफुलाई दुर्व्यवहार गरेको भन्दै त्रिभूवन विमानस्थलमा कार्यरत महिला प्रहरीले जाहेरी दिएकी छिन्।

प्रहरी जवान रमिता श्रेष्ठले शनिबार जाहेरी दिएको र दर्ताको प्रकृयामा अगाढि बढेको काठमाडौँ प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। ‘जाहेरी आईसकेको छ। अब दर्ता प्रकृयामा अगाडि बढ्छ।’, डीएसपी बोगटीले भने।

विमानस्थलका प्रहरीले आफूलाई दुर्व्यवहार गरेको भन्दै केही दिनअघि गायिका राउतले गरेको फेसबुक लाइभ भाइरल भएको थियो। लगत्तै प्रहरीले सुरक्षा जाँचका क्रममा दुव्र्यवहार गरिएको भनिएको अवस्थाको सिसिटिभी फुटेज बाहिर ल्याएको थियो।

राउतले ड्युटीमा खटिएका प्रहरीले आफुविरुद्ध अभद्र व्यवहार गरेको आरोप लगाएकी छिन्। यता प्रहरीले भने राउतले प्रहरी संगठनकै बदनाम गरेको र ड्युटीमा खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको दाबी गरेको छ। जाहेरी दर्ता गरेपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पुर्जी लिने छ।

माघ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्