४० सेकेण्डमै जिते युएफसी फाइट, म्याकग्रेगोरको शानदार पुनरागमन

कोनर म्याकग्रेगोरले युएफसीमा शानदार पुनरागमन गरेका छन् । युएफसी २४६ मा कनरले डोनाल्ड ‘काउब्वाइ’ सेरोनलाई पराजित गरेका हुन् ।

अमेरिकाको लस भेगासमा भएको खेलमा कनरले मात्रै ४० सेकेण्डमा पराजित गरेका हुन् । सन् २०१८ को अक्टोबरमा खबिब नुर्मागोमेडोभसँग पराजित भएपछि कनर पहिलो पटक फाइटमा फर्किएका हुन । उनले पहिलो खेलमै शानदार पुनरागमन गरेका हुन् ।

३१ वर्षका आइरिस म्याकग्रेगोरले सेरोनलाई पराजित गर्ने क्रममा आफ्नो खेल जीवनकै उत्कृष्ट प्रदर्शन गरेका हुन् । विजयी भएका म्याकग्रेगोरले खेलपछि भनेका छन्, ‘मैले आज इतिहास बनाएँ ।

नयाँ कीर्तिमान बनाएँ । युएफसीको इतिहासमा फेदरवेट, लाइटवेट र वेल्टरवेटको नकआउट जित निकाल्ने पहिलो खेलाडी हुँ । मलाई गर्व लागेको छ ।’

माघ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्