बेल्जियमकी राजकुमारी नेपाल भ्रमणमा

काठमाडौँ – सात दिने भ्रमणका क्रममा बेल्जियमका राजा लियोपोल्डकी कान्छी बहिनी राजकुमारी अस्त्रिद नेपाल आइपुगेकी छिन् । उनी जनवरी १९ देखि २५ तारिखसम्मको नेपाल भ्रमणमा रहनेछिन् ।

आइतबार दिउँसो त्रिभुवन विमानस्थल आइपुगेकी उनले नेपाल भ्रमणका क्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम तय गरिएको छ ।

अस्त्रिदले कैलाली, नवलपरासी र चितवनको पनि भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

माघ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्