एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा भारतविरुद्ध व्याटिङ गर्दै अष्ट्रेलिया

एजेन्सी– भारत र अष्ट्रेलियाबीच जारी तीन एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा अष्ट्रेलियाले टस जितेर व्याटिङ सुरु गरेकाे छ

खेल भारतकाे बेंगलोरमा रहेकाे एम. चिन्नास्वामी स्टेडियममा भइरहेकाे छ।

भारत र अष्ट्रेलियाबीचको सिरिज एक–एकको बराबरीमा छ। पहिलो खेलमा भारतलाई १० विकेटले हराएको अष्ट्रेलिया दोस्रो खेलमा ३६ पराजित भएको थियो।  तेस्रो तथा अन्तिम खेलमा जित हात पार्ने टोलीले सिरिजमाथि कव्जा जमाउने छ।

प्रतियोगीतामा भारतीय टोलीको कप्तानी विराट कोहलीले गरेका छन् भने अष्ट्रेलियाको कप्तानी आरोन फिन्चले गरेका छन्।

माघ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्