प्रदेश एकमा चार राज्‍यमन्त्रीले लिए सपथ, कस्लाई कुन जिम्‍मेवारी ?

काठमाडौं- प्रदेश एक सरकारले करिब २३ महिनापछि मन्त्रीमण्डल विस्तार गरेको छ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले आइतबार चारजना मन्त्री नियुक्त गर्दै मन्त्रीमण्डल विस्तार गरेको हो।

राज्‍यमन्त्री हुनेहरुमा रामकुमार राना, बिजयकुमार विश्वास, जसमाया गजमेर र अम्बिर कुमार गुरूङ छन्।

उनीहरुलाई प्रदेश एकका प्रमुख सोमनाथ अधिकारी प्यासीले राज्‍यमन्त्री नियुक्त गरेका हुन भने मुख्यमन्त्री शेरधन राईले सपथ खुवाएका हुन।

नवनियुक्त राज्यमन्त्रीमा रानाले भूमि ब्यवस्था तथा कृषि मन्त्रालय, बिश्वासले वन उद्योग पर्यटन तथा वातावरण मन्त्रालय, गजमेरले समाजिक बिकास मन्त्रालय र गुरूङले भौतिक पूर्वाधार बिकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

प्रदेश एकमा मुख्यमन्त्री शेरधन राईले भौतिक पूर्वाधार र भूमि ब्यवस्था तथा कृषि मन्त्रालयको जिम्मेवारी वहन गरिरहेका छन्।

त्यसैगरी जीवन घिमिरे समाजिक बिकास, हिक्मत कार्की अन्तरिक मामिला तथा कानून, जगदीश कुसियैत उद्योग वन पर्यटन तथा वतावरण र ईन्द्र आङ्बोले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी बहन गरिरहेका छन्।

नवनियुक्त राज्यमन्त्रीहरूमा मोरङका बिश्वास पूर्व माओवादीबाट र बाँकि तीन राज्यमन्त्री गरूङ, रानम र गजमेर भने पूर्व एमालेबाट रहेका छन्।

माघ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्