भारतविरुद्ध स्टिभन स्मिथको शतक

एजेन्सी– भारतमा जारी तीन एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा अष्ट्रेलियाका स्टेभिन स्मिथले भारतविरुद्ध शतक प्रहार गरेका छन्।

स्मिथले १ सय १७ बलमा ११ चौकाको मद्दतमा शतक पूरा गरेका हुन्। खेल भारतको बैंग्लोरस्थित एम चिन्नास्वामी स्टेडियममा भइरहेको छ।

भारत र अष्ट्रेलियाबीचको सिरिज एक–एकको बराबरीमा छ। पहिलो खेलमा भारतलाई १० विकेटले हराएको अष्ट्रेलिया दोस्रो खेलमा ३६ पराजित भएको थियो। तेस्रो तथा अन्तिम खेलमा जित हात पार्ने टोलीले सिरिजमाथि कव्जा जमाउने छ।

प्रतियोगीतामा भारतीय टोलीको कप्तानी विराट कोहलीले गरेका छन् भने अष्ट्रेलियाको कप्तानी आरोन फिन्चले गरेका छन्।

माघ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्