वायु सेवा निगमका कार्यकारी अध्यक्ष खरेलले दिए राजीनामा

काठमाडौँ – नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन्।

खरेलले आइतबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई समक्ष राजीनामा बुझाएका हुन्।

निगमलाई आफ्नै प्रतिवद्धताअनुसार सुधार गर्न नसकेको भन्दै उनलाई मन्त्री भट्टराईले राजीनामा दिन दबाब दिएका थिए।

उनलाई दुई साता साताअघि निगम सञ्चालक समितिले उनीमाथि स्पष्टिकरण सोधेको थियो। उनी २०७५ भदौ ३१ गतेको मन्त्रिपरिषदको बैठकले खरेललाई निगमको कार्यकारी अध्यक्षका रुपमा नियुक्त गर्ने निर्णय गरेको थियो।

माघ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्