दाङको राजपुर गाउँपालिकामा हेलिप्याड निर्माण हुँदै

दाङ– प्राकृतिक विपद्को दृष्टिकोणले अति जोखिमपूर्ण क्षेत्र मानिएको राजपुर गाउँपालिकामा हेलिप्याड निर्माण थालिएको छ।

विपद्को समयमा सहजै हेलिकप्टर अवतरण गराउन सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने योजना अनुसार राजपुरमा गाउँपालिकामा हेलिप्याड निर्माण थालिएको हो।

नेपाली सेनाको रिपुमर्दन गण भरतपुर र राजपुर गाउँपालिकाको संयुक्त लगानीमा राजपुर–५ जंग्रहवामा हेलिप्याड निर्माणकार्य जारी छ। गाउँपालिकाभित्र हुने विपद्को समयमा सहजै हेलिकप्टर अवतरण गराउनका लागि उक्त हेलिप्याड निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष लोकराज केसीले बताए।

स्थानीय तहसँग सहकार्य गरेर विपद व्यवस्थापन तथा न्यूनिकरणका लागि नेपाली सेनाले यस्तो कार्यलाई अघि बढाएको छ।

हेलिप्याड निर्माण भएसंगै गाउँपालिका भित्र हुन सक्ने बाढी, पहिरो,आगलागी र अन्य विपदहरु आइपर्दा आपतकालिन रुपमा हेलिकप्टर अवतरण गराउन सहज हुनेछ।

माघ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्