मधेस आन्दोलनका सहिद परिवारलाई सम्मान

वीरगञ्ज– मधेश आन्दोलनमा ज्यान गुमाएका सहिदहरुका परिवारलाई सम्मान गरिएको छ।

पहिलो मधेस आन्दोलनको १३ वर्ष पूरा भएको सम्झनामा आइतबार वीरगञ्जमा आयोजित कार्यक्रममा समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरे।

यस्तै प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले सहिद परिवारका सदस्यलाई २५ हजार रुपैयाँसमेत हस्तान्तरण गरेका थिए।

उनले कार्यक्रममा सम्बोधन गर्दै संविधान संशोधन नभएसम्म सर्वस्वीकार्य नहुने भन्दै त्यसका लागि आफूले अहिले पनि संघर्ष गरिरहेको बताए। संविधानमा अहिले पनि थुप्रै कमि कमजोरी रहेको उनको भनाई थियो।

माघ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्