‘बहुमतको दम्भमा सरकारले मनपरी कानुन बनायो’

दाङ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको दम्भमा सरकारले मनपरी कानुन निर्माण गरिरहेको आरोप लगाएका छन्।

नेपाल मानव अधिकार संगठनको १४ औँ राष्ट्रिय सम्मेलनको दाङको घोराहीमा उद्घाटन गर्दै सभापति देउवाले नयाँ कानुन निर्माण गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्न खोजेको आरोप लगाएका हुन्।

सरकारले नयाँ कानुनमार्फत फेसबुक चलाउनेलाई समेत समस्यामा पार्न खोजेको देउवाको भनाइ थियाे।

स्वतन्त्र प्रेस बिना मानव अधिकारको रक्षा हुन नसक्ने भन्दै सभापति देउवाले सरकारले मिडिया काउन्सिल विधेयकमार्फत कानुन निर्माणमा उदारता देखाउन नसकेको बताए।

माघ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्