सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

फाइल तस्बिर

बझाङ – बझाङमा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्लाको थलारा गाउँपालिका वडा नं ८ कि २३ वर्षीया सरिता सिंहको जिल्ला अस्पताल बझाङमा शनिबार सुत्केरी गराएको भए पनि अचानक पेट फुल्ने समस्या र पाठेघरमा रगत देखापरेपछि उनलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पठाइएको जिल्ला अस्पतालका प्रमुख डा. सन्दीप ओखेडाले जानकारी दिए ।

सिंहको पेट फुल्ने समस्या भएपछि उनको जिल्ला अस्पतालमा शल्यक्रिया गर्दा सिंहको सानो आन्द्रामा गम्भीर सङ्क्रमण देखिएकाले तत्कालै सुर्खेतबाट राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।

माघ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्