‘तानाजी’ धेरै कमाउने अजयको दोस्रो चलचित्र

अजय देवगन, काजोल र सेफ अलि खान स्टारर चलचित्र ‘तानाजी द अनसँग वारियर’ को सानदार बक्स अफिस कलेक्सन निरन्तर छ। यो चलचित्रले प्रदर्शनको १० औँ दिनमा १५० करोडको आँकडा पार गरेको छ। यो सँगै चलचित्र अजय देवगनको दोस्रो धेरै कमाई गर्ने चलचित्र बनेको छ।

ट्रेड एनालिस्ट तरण आदर्शको अनुसार दोस्रो साताअन्त्यमा २२ करोड १२ लाखको व्यापार गरेको छ। यो सबै मिलाएर चलचित्रले जम्मा १६७ करोड ४५ लाख कमाई गरिसकेको छ। चलचित्रले पहिलो हप्ता ११८ करोड ९१ लाख संकलन गरेको थियो। दोस्रो हप्ता चलचित्रले २०० करोड भन्दा धेरै कमाउने आँकलन गरिएको छ।

तानाजीले अजय देवगनको चलचित्र टोटल धमालको कमाईलाई पछाडि छोडेको छ। अजय देवगन अभिनित ‘गोलमाल अगेन’ ले २०५ करोड ६९ लाख कमाई गरेको थियो।

माघ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्