काठमाडौँ – सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेका नेता हुन् अग्नि सापकोटा । तत्कालीन माओवादी खेमाका सापकोटा संसदीय प्रक्रिया पूरा गरेपछि नयाँ सभामुखको जिम्मेवारी सम्हाल्ने छन् ।

उनले पूर्व सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त रहेको पद सम्हाल्ने छन् । सोमबारको संसद बैठकमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले आफ्नो धारणा राखेर राजीनामा दिइन् ।

सो बैठकमा भावी सभामुख सापकोटा प्रशन्न मुद्रामा देखिएका थिए । देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले संसदमा उपस्थित भएका सापकोटाका विभिन्न मुद्राहरु समेट्ने प्रयास गरेकी छन् ।