हुम्लामा पाँच दिनपछि हवाई सेवा सुचारु

सिमकोट-हिमपातको कारण पाँच दिन देखि बन्द रहेको हुम्ला जिल्लाको एक मात्र यातायातको साधन हवाई सेवा सुचारु भएको छ।

मौसममा सुधार आउदा दुई दिन लगाए विमान स्थलको हिउँ फाल्ने कार्य सम्पन्न भएपछि सोमवार दिउसोबाट हवाई सेवा सुचारु भएको हो।

बिमान स्थलको रन वेमा जमेको एक फिट हिउँ मानिसहरु मिलेर फाल्ने कार्य सम्पन्न हुँदा रोकिएको हवाई सेवा सुचारु भएको प्हरी नायब उपरिक्षक राम प्रसाद घर्तीमगरले बताए । प्रहरी, कर्मचारी, सेना, गाउँपालिका मिलेर हिउँ फाल्ने काम गरेका थिए।

हिउँ पन्छाउनकन लागि गाडी पनि प्रयोग गरिएको थियो। मानिसहरुले बेल्छा, फ्याउरो र बोरामा राखेर हिउँ रन वेको उत्तर दक्षिण फाल्ने काम भएको थियो। विमान स्थलमा हिउँ फालेर थोरै बाँकी रहेको हिउँ बिलाए पछि हवाई सेवा सुचारु भएको हो।

सीता तारा, र समिटको तीन वटा जहाजहरुले उक साथ बिमान स्थलमा ल्याण्ड गरेका थिए। पहिलो फ्लाई भएको कारण जहाजहरुले काग्रोको सामान ढुवानी गरेका थिए।

हिमपातको कारण हवाई सेवा बन्द भएपछि आगामी माघ नौ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्बाचनका लागि रोकिएका तीन जना मतदाताहरु सुर्खेततर्फ यात्रा गर्न पाएका छन् । त्यो संगै अन्य यात्रुहरुलाई पनि सहज भएको छ।

माघ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्