ट्रकको ठक्करबाट एकजनाको मृत्यु

सांकेतिक तस्बिर

कैलाली – कैलालीको लम्की चुहा नगरपालिका–२ गणेशपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सोमबार मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको ना २ ख ४५८ नम्बरको ट्रकले प्रदेश न २–०३००४ प ९६११ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लम्की चुहा–६ का ३६ वर्षीय रतन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका विकको लालरत्न अस्पताल लम्कीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

माघ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू