ओली र मोदीले संयुक्त रुपमा गरे आईसीपीको उद्घाटन

तस्बिर विष्णु रिमालको फेसबुकबाट

काठमाडौँ– प्रधामन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको सहयोगमा निर्माण गरिएको विराटनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी) संयुक्त रुपमा उद्घाटन गरेका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारबाट ओली र भारतस्थित हैदरावाद हाउसको कार्यालयबाट मोदीले संयुक्तरुपमा रिमोर्ट मार्फत उद्घाटन गरेका हुन्।

तस्बिरः अभयकुमार राई/देशसञ्चार

आईसीपीसँगै उनीहरुले भारतीय सहयोगमा नेपालको गोर्खा तथा नुवाकोटमा ‘निजी आवास पुनर्निमाण’ परियोजनाको पनि उद्घाटन गरेको मन्त्रीपरिषद् कार्यलयका प्रवक्ता यामलाल भुसालले जानकारी दिए।

आईसीपी उद्घाटनसँगै नेपाल र भारतबीचको सम्बन्धमा थप उचाई प्राप्त भएको भुसालको भनाई छ।

यसअघि ओली र मोदी दुवैले भारतीय सहयोगमा निर्मित मोतिहारी अमलेखञ्ज ‘पेट्रोलियम पाइपलाइन’ को उद्घाटन पनि यस्तै प्रविधिबाट उद्घाटन गरेका थिए।

माघ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्