आइतबारबाट सुचारु भएकाे हुम्लाकाे हवाई सेवा फेरि बन्द

विमानस्थलको हिउँ फाल्दै सुरक्षकर्मी। फाइल तस्बिर।

सिमकोट– हिमाली जिल्ला हुम्लामा यस वर्ष सातौँ पटक हिमपात भएको छ। सोमबार बिहानैबाट पुनः हिमपात हुँदा मानिसहरुकाे आवतजावत घर बाहिर निकै पातलो भएको छ।

हिमपातसँगै बाक्लो कुहिराे पनि लागेको छ। फाट्टफुट्ट बाहिर निस्केका मानिसहरु पनि बाक्ला कपडा लगाएर हिँडिरहेका छन्।

हिउँ पञ्छाएर आइतबारबाट सुचारु भएको हवाई सेवा हिमपातसँगै फेरि बन्द भएको छ।

माघ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्