जबरजस्ती करणीको आरोपमा गाउँपालिकाका सचिव पक्राउ

पर्सा- महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा गाउपालिकाका सचिव पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाराको देवाताल गाउपालिकामा सचिव पदमा कार्यरत सोही गाउपालिका वडा नम्बर ६ रौवाही टोल बस्ने ४५ वर्षीय बलिराम मण्डल रहेका छन्।

पक्राउ परेका मण्डलले गत आईतबार दिउसो २ बजे ३२ वर्षीय महिलालाई उखुबारीभित्र लगी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका मण्डलले आफनो घरबाट गोठघरतर्फ जानेक्रममा पिडित महिलालाई ज्यान मार्ने धम्की देखाई उखुबारी भित्र लगी जवरजस्ती करणी गरेका थिए।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्नेक्रममा मण्डललाई आफनै गाउँघरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताए।

पक्राउ परेका मण्डल उपर मुलुकी अपराध संहिता २०७४ बमोजिम जवरजस्ती करणी मुद्दा दर्ता गरि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई थप अनुसन्धान भईरहेको मिश्रले बताए।

माघ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्