स्कुलबाट फर्कंदै गरेका बालकको मृत्यु

सप्तरी-स्कुलबाट फर्कंदै गरेका एक बालकको सडक दुर्घटनामा परी आज अपराह्न मृत्यु भएको छ।

काठमाडौँबाट झापातर्फ तीव्र गतिमा गइरहेको बा३ख ७९७७ नंको हायस गाडीको ठक्करबाट शम्भुनाथ नगरपालिका-१ खोक्सर प्रवाहा बस्ने रामकुमार चौधरीको आठ वर्षीय छोरा प्रशान्तको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनालगत्तै पुगेको इलाका प्रहरी कार्यालय रुपनीले गाडी र चालक विपिन थापालाई नियन्त्रणमा लिई कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक यमलाल बञ्जाडेले बताए।

माघ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू