साउदी अरब गएको २२ दिनमै मृत्यु भएका जर्घाको शव नेपाल ल्याउने प्रक्रियाबारे परिवार अन्यौलमा

सांकेतिक तस्बिर

तानसेन – साउदी अरबमा ज्यान गुमाएका पाल्पाको पूर्वखोला गाउँपालिका–४ देवीनगरका २२ वर्षीय मोहन जर्घाको शव अहिलेसम्म पनि घर ल्याउन नसकिएको परिवारले जनाएको छ ।

काम सकेर साइकलमा कोठातर्फ फर्कँदै गर्दा कारको ठक्करबाट गत पुस २३ गते ज्यान गुमाएका जर्घाको शव अहिलेसम्म पनि घरमा ल्याउन नसकिएको मृतकका दाजु कृष्ण जर्घाले बताए ।

आफूले चिनेजानेका र सहयोग गर्नेखालको कोही नभेटिएकाले शव कसरी ल्याउने थाहा नभएको कृष्णको भनाई छ ।

उनले भने, “भाइको मृत्युको खबर सुनेलगत्तै मलेसिया पुगेको २७ दिनमै घर आएँ, घरमा आउँदा आमाको अवस्था बेहाल छ, भाइको शव कसरी झिकाउने प्रक्रिया केही थाहा छैन्, अलपत्र छौँ ।”

मोहन कामको सिलसिलामा काठमाडौँको सिनामङ्गलमा रहेको फजल इन्टरनेशनल प्रालिमार्फत साउदी अरबको रियाद पुगेका थिए थियो । २२ वर्षीय मोहनको नेपालबाट विदेश पुगेको २२ दिनमै ज्यान गएको थियो ।

माघ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्