साबिक विजेता नाओमी ओसाका अस्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा

साबिक विजेता नाओमी ओसाका अस्ट्रेलियन ओपन टेनिसको अन्तिम ३२ मा प्रवेश गरेकी छन् । जापानकी ओसाका बुधबार बिहान भएको खेलमा साइसाइ झेङ्गलाई ६–२ र ६–४ को सेटमा पराजित गरेकी हुन् ।

तेस्रो बरियताकी ओसाकाले तेस्रो चरणमा अमेरिकी किशोरी कोको गोफसँग प्रतिस्पर्धा गर्नु पर्ने सम्भावना छ । ओसाकाले चीनकी झेङ्गलाई एक घण्टा २० मिनेटको अवधिमा पराजित गरेकी हुन् ।

माघ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्