घुससहित समातिए वन कार्यालय प्रमुख

सांकेतिक तस्बिर

बुटवल– रुपन्देहीको सैनामैना सब–डिभिजन वन कार्यालयका प्रमुख घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले वनको काठ उपलब्ध गराउने सिफारिसका लागि सेवाग्राहीसँग पाँच हजार रुपैयाँ घुस लिँदै गर्दा सब–डिभिजन वन कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठलाई पक्राउ गरेको हो।

बुटवल उपमहानगरपालिकाको नयाँ गाउँबाट उनलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।

माघ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्