माछापुच्छ्रे क्यापिटललाई धितोपत्र बोर्डबाट परामर्श सेवाको अनुमति

काठमाडौं-माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट संस्थागत परामर्श सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको छ।

बैंकले यसपछि धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन र परामर्श गर्ने पाउने छन्।

अनुमतिसँगै माछापुच्छे« बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी माछापुच्छे« क्यापिटल लिमिटेड पनि मर्चेन्ट व्यवसायमा प्रवेश गरेको छ।

चुक्ता पूँजी २० करोड रहेको यस माछापुच्छ्रे क्यापिटल लिमिटेडले निकट भविष्यमा सेवा सुचारु गर्ने व्यहोरा क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए ।

संस्थाले निक्षेप सदस्यको रुपमा सेवा प्रदान गर्नुका साथै भविष्यमा म्युचयल फण्ड, भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी लगायतका सेवाहरु प्रदान गर्ने समेत जनाएको छ।

माघ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्