आर्मीको हार कामना गरिरहेको थ्रीस्टारले हिमालयन शेर्पालाई हरायो

काठमाडौं : शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत बिहीबार भएको खेलमा हिमालयन शेर्पालाई ३-१ गोलले हराउँदै थ्रीस्टारले उपाधि होड कायमै राखेको छ।

दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारका शुसिल राई, सन्जोग राई र वासियु ओलानडिरान हाजिमतले गोल गरे। शुसिलले छैटौँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा दुवै टोलीले एक एक गोल गरेका थिए।

५० औँ मिनेटमा हाजिमतले टोलीको अग्रता दोब्बर बनाएका थिए। थ्रीस्टारले ८ खेलबाट १४ अंक जोडेको छ। शीर्षस्थानमा रहेको नेपाल आर्मीको ७ खेलबाट १६ अंक छ। मच्छिन्द्रको ८ खेलबाट १६ अंक छ।

अघिल्लो खेलमा मच्छिन्द्रलाई हराएको हिमालयनको ८ खेलबाट ७ अंक छ।

माघ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्