विद्य‌ुतीय बस किन्न साझालाई दिएकाे ३ अर्ब सरकारले व्याजसहित फिर्ता लिने

काठमाडौँ– सरकारले साझा यातायातलाई विद्युतिय बस किन्नका लागि उपलब्ध गराएको तीन अर्व रुपैयाँ फिर्ता लिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले यसको जानकारी दिएका हुन्।

सरकारले साझा यातायातलाई उक्त रकम उपलब्ध गराएको मितिदेखि हालसम्मको सम्पूर्ण व्याजसहित तीन अर्व रुपैयाँ फिर्ता लिने निर्णय गरेकाे हो।

सरकारले यसअघि ३ सय बस किन्न साझा सहकारी संस्थामा ३ अर्ब रुपैयाँकाे शेयर लगानी गर्ने निर्णय गरेको थियो।

माघ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्