नेपाली बजारमा ‘रेनो ट्राइबर’ गाडीको बिक्री सुरु

काठमाडौँ— नेपाली बजारमा रेनो ट्राइबर गाडीको बिक्री सुरु भएको छ। रेनो ट्राइबरको आधिकारिक बिक्रेता एड्भान्स अटोमोबाइलले राजधानीमा बुधबार एक कार्यक्रम गर्दै ट्राइबर सार्वजनिक गरेको हो।

ट्राइबर आरएक्सई भेरियन्टको मूल्य २८ लाख २० हजार, आरएक्सएल भेरियन्टको मूल्य ३१ लाख ६० हजार र आरएक्सजेड भेरियन्टको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको हो।

कम्पनीले नेपाली बजारमा यसको मूल्य २८ लाख २० हजार रुपैयाँ तोकेको छ।

आरएक्सई, आरएक्सएल र आरएक्सजेड भेरियन्टमा आउने रेनो ट्राइबर म्यानुअलसँगै अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ। यो मोडलमा १.० लिटरको ३ सिलिन्डर पेट्रोल इन्जिन छ।

उक्त इन्जिनले ६२५० आरपीएममा ७२ पीएस पावरका साथै ३५०० आरपीएममा ९६ एनएमको टर्क उत्पादन गर्छ। यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ। यसको लम्बाई ४ मिटरभन्दा कम रहेको छ।

कारको लम्बाई ३९९० एमएम, चौडाई १७३९ एमएम र उचाई १६४३ एमएम रहेको छ भने ह्वीलबेस २६३६ एमएम रहेको छ। १८२ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यो गाडीमा ४० लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ।

रेनो–निसान–मित्सुविसीको सीएमएफए प्लाटफर्ममा निर्माण भएको रेनो क्वीडको बेस्डमा तयार भएको ट्राइबरको ह्वीलवेस भने क्वीडको भन्दा बढी रहेको छ। ग्राहकले यसमा ६२५ लिटरको विशाल बुटस्पेश पाउने छन्।

माघ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्