प्रदेश-२ मा राजपा-नेकपाका राधेश्याम पासवान विजयी

जनकपुरधाम- प्रदेश-२ मा राष्ट्रियसभाको निर्वाचनमा राजपा-नेकपाबाट नेकपाको राधेश्याम पासवान विजयी भएका छन्।

उनले कांग्रेस-समाजवादी पार्टीका रामपृत पासवानलाई ५८८ मत अन्तरले हराउँदै विजयी भएकी हुन।

निर्वाचनमा राजपा-नेकपाका तर्फबाट राधेध्‍यामले ५हजार २ सय ९२ ले ल्याएका छन् भने सामाजवादी-कांग्रेसका रामपृत पासवानले ४ हजार ७ सय ४मत ल्याएका हुन।

यसअघि प्रदेश-२ मा राष्ट्रियसभाको निर्वाचनमा महिला समूहतर्फ नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट तुलसाकुमारी दाहालले काँग्रेसको तर्फबाट नगिना यादवलाई ४६८ मतले पछाडि पार्दै विजयी भएकी हुन।

यस्तै मतगणना जारी छ।

त्यस्तै, अल्पसंख्यक समूह अन्तर्गत नेपाली काँग्रेसबाट भोला पञ्जियार र राजपाबाट शेखरकुमार सिंह प्रतिस्पर्धामा रहेका छन् भने अन्य समूहतर्फ दाजुभाई समाजवादीका अनिरुद्धकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंह चुनावी मैदानमा छन्।

माघ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्