राष्ट्रिय सभा सदस्यमा विमला घिमिरे विजयी

दाङ-राष्ट्रियसभा सदस्य पदमा बिमला घिमिरे बिजयी भएकी छिन्। नेकपाकी घिमिरे ८ हजार तीन सय ३८ मतसहित बिजयी भएकी हुन।

नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेकी गिरिजादेवी न्यौपानेलाई हराएर घिमिरे विजयी बनेकी हुन।

न्यौपानेको पक्षमा ३२८८ मत प्राप्त भएको छ।

यस्तै नेकपाका तर्फबाट उम्मेदवार बनेका जगप्रसाद शर्मा र गोपाल भट्टराई पनि विजयी भएका छन्। तर, निर्वाचन कार्यालयले अन्तिम घोषणा गर्न बाँकी छ।

माघ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्