राष्ट्रियसभा निर्वाचनमा दाइसँग भाइ पराजित

जनकपुरधाम– राष्ट्रियसभाको प्रदेश दुईमा भएको निर्वाचनमा नेकपा–राजपा गठबन्धनको अन्यतर्फ मृगेन्द्र सिंह यादव विजयी भएका छन्।

राजपाबाट उम्मेदवारी दिएका मृगेन्द्र सिंह यादवले आफ्नै भाई समाजवादी पार्टीका उम्मेदवार अनिरुद्ध सिंह यादवलाई पराजित गरेका छन्।

राजपाका उम्मेदवार मृगेन्द्र  सि‌ंह यादवले ५ हजार ४ सय मत ल्याएका छन् भने अनिरुद्धले ४ हजार ५ सय १२ मत ल्याएका छन्।

यसअघि नेकपा–राजपा गठबन्धनकै महिला उम्मेदवार तुलसा दहाल र दलिततर्फका उम्मेदवार राधेश्याम पासवान विजयी भइसकेका छन्। अहिले भने अल्पसंख्य तर्फको मतगणना जारी रहेको छ।

माघ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्