निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेसँग अन्तर्वार्ता

‘महिला भएकै कारण सभामुखबाट बञ्चित भएँ, पितृसत्ता भत्काउन फेरि नेतृत्वमै जान्छु’

‘महिला भएकै कारण सभामुखबाट बञ्चित भएँ, पितृसत्ता भत्काउन फेरि नेतृत्वमै जान्छु’

काठमाडौँ– निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेले आफू सभामुख बन्न योग्य भएपनि महिला भएकै कारण त्यसबाट बञ्चित भएको बताएकी छिन्।

योसँगै उनले पितृसत्ताको सोच भत्काउन फेरि पनि आफू नेतृत्वमै गएर लड्ने घोषणा समेत गरेकी छन् । तर त्यो कस्तो नेतृत्व भन्नेबारे नखुलेकी डा. तुम्बाहाम्फेले गहन अध्ययन र मन्थनपछि नेतृत्वको क्षेत्र र पद रोज्ने बताएकी छन्।

झण्डै चार महिनादेखि सभामुखविहीन प्रतिनिधिसभाको सभामुख पदको उम्मेदवारमा नेकपाले नेता अग्नि सापकोटालाई अघि सारेपछि डा. तुम्बाहाम्फे यही माघ ६ गते उपसभामुख पदबाट राजीनामा दिन बाध्य बनेकी थिइन्।

बलात्कारको अभियोगमा मुछिएपछि पूर्वमाओवादीबाट सभामुख बनेका कृष्णबहादुर महराले गत असोज १४ गते पदबाट राजीनामा दिएका थिए।

तर नेकपाको भागवण्डा या संवैधानिक प्रावधानभन्दा पनि नेकपा नेतृत्वमा पितृसत्ताको सोच संस्थागत भएका कारण आफू क्षमतावान र अनुभवी भए पनि सभामुख बन्नबाट बञ्चित भएको उनले बताएकी हुन्।

नेकपा नेतृत्वले तुम्बाहाम्फेले राजीनामा नदिएका कारण सभामुख निर्वाचनबाट बञ्चित भएको भन्दै उनलाई राजीनामा दिन दिएको निर्देशन अस्वीकार गरेकी उनले नेकपाले सभामुखको उम्मेदवारमा नेता सापकोटालाई अघि सारेपछि मात्रै राजीनामा दिएकी थिइन्।

यो सँगै उनले पितृसत्ताको सोच भत्काएर राजनीतिमा महिला सहभागिता र नेतृत्व बढाउन महिलाले पनि अथक मेहनत र संघर्ष गर्न आवश्यक रहेको बताएकी छन्।

उनीसँग लिइएको अन्तर्वार्ता देश सञ्चारकाे फेसबुक पेज र युट्युव च्यानल देशसञ्चारमा हेर्न सक्नु हुनेछ।

माघ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्