आइटी क्षेत्रलाई शिक्षकसँग जोड्नु जरुरी- पूर्वराष्ट्रपति यादव

पर्सा-पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले तीव्र रुपमा विकास हुँदै गएको आइटी क्षेत्रलाई शिक्षासित जोडनुपर्ने देशका बताएका छन्।

बिरगञ्जका बिहीबारदेखि शुरु भएको क्यान ईन्फोटेक मेलाको उदघाटन गर्दै णदवले अहिलेको युग कम्प्युटरको युग भएको बताउदै त्यसलाई सही क्षेत्रमा सदुपयोग गर्नुपर्ने बताएका थिए।

उनले भने‘एजुकेशन यातायात पर्यटन फोरेस्टी ईत्यादिसित आईटी क्षेत्र जुडिएको छ ,यादवले भने,समग्र रुमिा यसको बढि लाभ लिएर देशको विकासमा लाग्नुपर्छ।’अहिलेको युगमा कम्प्युटर र स्मार्ट फोनकै माध्यमले आकाशमा उडिरहेको रकेटलाई पनि हेर्न सकिने उनले बताए।

‘अहिलेको युगमा हातमा एउटा स्मार्ट फोन लिएर पनि सारा सँसारलाई देख्न सकिन्छ,यादवले भने,प्रबिधीलाई सही तरिकाले सही क्षेत्रमा प्रयोग गर्नुपर्छ।’स्कुल कयाम्पसका विद्यार्थीहरु भविष्यका कर्णधार भएकाले उनीहरुलाई यस्ता प्रबिधीसित जोडिएको मेलाहरुमा बढी सहभागिता गराउनेपर्ने कुरामा यादवको जोड थियो।

आईटी मेलाको सफलताको शुभकामना दिदै उनले बढरिहेको प्रबिधीको युगमा यसको सदुपयोग सँगै दुरुपयोग पनि बढदै गएको जिकिर गर्दै यादवले प्रबिधीको प्रयोग राम्रो कामका लागि गरिदिन आग्रह गरे।

देश संघीयतामा गएसँगै पहिलो पल्ट बिरगञ्जमा आायोजित प्रदेश स्तरीय मेला ५ दिनसम्म चल्नेछ।मेलामा बिभिन्न ६० वटा आईटी कम्पनीको स्टलहरु राखिएको छ।

क्यान महासंघ पर्साका अध्यक्ष दिपक साहको अध्यक्षतामा सम्पन्‍न भएको उदघाटन कार्यक्रममा भारतका महावाणिज्य दूत नितिश कुमारको पनि सहभागिता रहेको थियो।

माघ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्