एथ्लेटिको मड्रिड स्तब्ध भयो तेस्रो डिभिजन क्लब लेओनेसासँग

एथ्लेटिको बिल्बाओ कोपा डेल रे फुटबलको अन्तिम ३२ बाटै बाहिरिएको छ । ला लिगा जाइन्ट एथ्लेटिको मड्रिड बिहीबार राति भएको खेलमा तेस्रो डिभिजनको क्लब क्लचरल लेओनेसासँग पराजित भयो ।

लेओनेसाले एथ्लेटिको मड्रिडलाई अतिरिक्त समयमा २–१ ले पराजित गरेको हो । ६२ औँ मिनेटमा एन्जल कोरियाले गोल गर्दै एथ्लेटिको मड्रिडलाई सुरुवाति अग्रता दिलाए । ८३ औँ मिनेटमा कास्तानेडाले लेओनेसाका लागि बराबरी गोल गरे ।

खेल अतिरिक्त समयमा धकेलियो । १०८ औँ मिनेटमा बेनितोले गोल गर्दै लेओनेसोलाई जित दिलाए । कोपा डेल रे फुटबलमा तल्लो डिभिजनको क्लबसँग एथ्लेटिको मड्रिड पराजित भएको सन् २०११ यता पहिलो पटक हो ।

बिहीबार राति नै भएका अरु खेलमा जित निकाल्दै लेगानेस, मिरान्डेस, सिडी बाडाजोज र रायो भालेकानो अन्तिम १६ मा प्रवेश गरेका छन् ।

माघ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्